काठमाडौं, ३० जेठ । राजपाका सांसद लक्ष्मणलाल कर्णले संविधान संसोधन र संविधान कार्यान्वयनमा सरकार प्रतिवद्ध नभए संसद छोडेर सडक संघर्षमा उत्रने चतावनी दिनुभएको छ ।
प्रतिनिधिसभाको विहिबारको बैठकमा सांसद कर्णले संविधान संसोधन र संविधानको कार्यान्वयनमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले संविधान संसोधनको माग गर्नेहरु अहिले सरकारमा पनि र प्रतिपक्षमा पनि रहेको भन्दै विगतको प्रतिवद्धतालाई नभुल्न सरकारलाई चेतावनी दिनुभयो ।
सांसद कर्णले संसद र संसदिय समितिका निर्देशन पालना गरेर संसदको मर्यादा र गरिमा कायम राख्न पनि सरकारसंग आग्रह गर्नुभयो । उहाँले मधेश आन्दोलनको बिषयमा छान बिन गर्न गठित सर्बाेच्च अदालतमा पूर्व न्यायाधीस गिरिसचन्द्र लाल आयोगले दिएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्नुभयो ।