संविधान संशोधनको प्रतिवद्धता पूरा गर्न राजपाद्वारा सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

संविधान संशोधनको प्रतिवद्धता पूरा गर्न राजपाद्वारा सरकारको ध्यानाकर्षण

rajapa-pramod sah

काठमाडौं, २१ जेठ । राष्ट्रिय जनता पार्टीले संविधान कार्यान्वयन र संविधान संशोधनको प्रतिवद्धता पुरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा राजपाका सांसद प्रमोद शाहले सरकार गठनको समय देखि नै संसदमा संविधान संसोधनको विषय उठिरहेको हुदा पनि अहिले सम्म सम्बोधन नभएको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रधानमन्त्री केपी ओली स्वयम्ले आवश्यकता र औचित्यका आधारमा संविधान संसोधन गर्छु भनिरहदा पनि अझै सम्म संविधान संसोधन प्रक्रिया अघि नबढाएको भन्दै उहाँले सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । सांसद शाहले राज्यको विभेदकारी नीति विरुद्ध सरकारलाई संविधान संसोधनका लागि रुलिङ गर्न सभामुखसंग आग्रह गर्नुभयो ।

उहाँले संविधान बनाउने नै संविधान उलंघन गरेको दाबी गर्नुभयो । सभामुख कृष्ण बहादुर महराले बैठक प्रारम्भ भएको जानकारी गराउने वित्तिकै राजपाका सांसदहरु उभिएर विरोध जनाएपछि सभामुखले महराले सांसद शाहलाई बोल्नका लागि समय दिनुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);