सरकारले संघीयता असफल बनाउने गरी बजेट ल्यायो : नेता महतो | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

सरकारले संघीयता असफल बनाउने गरी बजेट ल्यायो : नेता महतो

rajendra mahato

काठमाडौं, २१ जेठ ।  राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले सरकारले संघीयतालाई असफल बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको आरोप लगाउनु भएको छ । मंगलवारको प्रतिनिधि सभा बैठकमा नेता महतोले सरकारले ल्याएको बजेट विभेदकारी रहेको दावी पनि गर्नु भयो ।

५० प्रतिशतभन्दा बढि जनसंख्या भएको मधेशलाई २० प्रतिशतभन्दा कम बजेट विनियोजन गरेर सरकारले विभेदकारी नीति लिएको उहाँको तर्क छ । नेता महतोले ६ करोड बजेट विनियोजन गरेर सरकारले सांसदहरुलाई बदनाम गराएको आरोप पनि लगाउनु भयो ।

उहाँले जनतासंग निर्वाचनका बेला गरिएको सहमति अनुसार विकास, निर्माणको कामलाई अघि बढाउन योजना माग्नुको सट्टा सरकारले सांसदहरुलाई ६ करोड बजेट विनियोजन गरेर गल्ती गरेको पनि बताउनु भयो ।

नेता महतोले विदेश नीति, राष्ट्रिय सुरक्षा, मौद्रिक नीति र राष्ट्रिय गौरवका आयोजनाबाहेकका सबै अधिकार प्रदेश र स्थानीय सरकारलाई दिन आफ्नो पार्टीले सरकारसँग पटक–पटक माग गरेपनि सो अनुसार काम हुन नसकेको पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);