आफ्नो कर्तुत लुकाउने बाटोमा कार्यकारी निर्देशक, मन्त्री र स-सचिवलाई विलासी गाडी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौं, २१ भदौ । इन्धन भण्डारण स्थल निर्माणका लागि जग्गा खरिद गर्दा करोडौं घोटालाको आरोप लागेको नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले आफ्नो कमजोरी लुकाउन मन्त्री स-सचिवलाई विलासी गाडी उपलब्ध गराएका छन् ।

खड्काले तालुकदार मन्त्रालयका मन्त्री र सचिवलाई रिझाउन निगमको खर्चमा किनेर दुईवटा विलासी गाडी उपलब्ध गराएका हुन्  निगमले मन्त्रालयलाई हस्तान्तरण गरेको वा २झ ३०९१ नम्बरको टोयोटा गाडी सचिवले चढ्दै आएका छन् । खड्काले आफ्ना निर्णय प्रभावित पार्न विभिन्न प्रयास गर्दै आएका छन् ।

इन्धन भण्डारणका लागि जग्गा किन्ने निर्णय गराएका तत्कालीन आपूर्तिमन्त्री दीपक बोहोरालाई गाडी उपलब्ध गराएको मन्त्रालय स्रोतले जनाएको छ । सोही गाडी अहिलेका आपूर्ति मन्त्री शिवकुमार मण्डलले पनि चढिरहेका छन् । आजको नागरिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);