महिला विश्वकप फुटबल: अमेरिकाद्वारा थाइल्याण्ड पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८२, शनिबार

महिला विश्वकप फुटबल: अमेरिकाद्वारा थाइल्याण्ड पराजित

usa-thailand

काठमाडौं, २९ जेठ । अमेरिकाले महिला विश्वकप फुटबलको इतिहासमै फराकिलो गोल अन्तरको जित दर्ता गरेको छ ।

फ्रान्समा जारी विश्वकप फुटबल अन्तर्गत समूह एफमा रहेको अमेरिकाले मंगलबार राति भएको खेलमा थाइल्याण्डलाई १३–० ले पराजित गरेको हो ।पहिलो हाफमा तीन गोल गरेको अमेरिकाले दोस्रो हाफमा १० गोल गरेको हो । अमेरिकाको जितमा एलेक्स मोर्गनले १२, ५३, ७४, ८१ र ८७ औँ मिनेटमा गरी पाँच गोल गरिन् । सन् २०१५ मा विश्व विजेता बनेको अमेरिकी टोलीका लागि रोज लावेली र सामन्था मेविसले दुई दुई गोल गरे । रोजले २० र ५६ औँ तथा सामन्थाले ५० र ५४ औँ मिनेटमा गोल गरेका हुन् । यस्तै लिन्डसी होरनले ३२ औँ, मेगन रापिनोइले ७९ औँ, मालोरी पुग्घले ८४ औँ तथा कार्ली लोयडले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरी १३(० को जित निश्चित गरेका हुन् ।अमेरिकाले यसअघि विश्वकपमा सन् १९९१ मा चाइनिज ताइपेइलाई ७–० ले पराजित गरेको थियो । यस्तै जर्मनीले सन् २००७ मा अर्जेन्टिनालाई ७–० ले नै पराजित गरेको थियो ।