बजेट लगत्तै मूल्य वृद्धि | ईमाउण्टेन समाचार

Our Network

जेठ ३१ २०८१, बिहीबार

बजेट लगत्तै मूल्य वृद्धि

bajet briddi

काठमाडौं, २६ जेठ । सरकारले ढुवानीमा मूल्य अभिवृद्धि कर ९भ्याट० लगाउने निर्णय गरेसँगै बजारमा मूल्य वृद्धि भएको छ । ढुवानी सेवा क्षेत्रमा पर्ने जनाउँदै अर्थ मन्त्रालयले बजेटबाट भ्याट लगाउने निर्णय गरेको थियो ।

व्यवसायीले ढुवानीमा भ्याट र अन्तःशुल्क बढेको भन्दै जथाभावी मूल्य बढाएका हुन् । उनीहरूले कर नबढाइएका वस्तुको पनि भाउ बढाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

‘अन्तःशुल्क, भन्सार दर बढेका वस्तु आटा, चिप्स, चाउचाउ, जुसलगायत वस्तुमा मूल्य बढेको छ । ढुवानीमा भ्याट लागेपछि थप केही असर परेको छ,’ विभागका महानिर्देशक योगेन्द्र गौचनले भने, ‘ढुवानीमा भ्याट लागेपछि खाद्यान्नलगायतको मूल्य पनि स्वतः बढ्छ ।’

उनका अनुसार केही वस्तुको अन्तःशुल्क ३० प्रतिशतबाट ४० प्रतिशत पुर्‍याइएको छ । भन्सार दर र अन्तःशुल्कमाथि ढुवानीमा भ्याट थप हुँदा एक दुई प्रतिशतसम्म मूल्य बढ्नु स्वाभाविक भएको उनले बताए । ‘त्योभन्दा बढी बढ्नु गलत हो,’ गौचनले भने । आन्तरिक राजस्व विभागका प्रवक्ता यज्ञ ढुंगेलले ढुवानी व्यवसाय सेवामा पर्ने हुँदा भ्याट लगाएको बताए ।

‘आर्थिक ऐनअनुसार ढुवानी सेवामा भ्याट लगाएका छौं । ढुवानी भनेको सेवा हो । त्यसैले भ्याट लाग्यो,’ उनले भने, ‘ढुवानी के गर्छ भन्ने अर्थ राख्दैन । आटा, मैदा, रड, सिमेन्ट वा तरकारी जेसुकै होस् सेवामा भ्याट लाग्छ ।’ जानकारका अनुसार खाद्य वस्तुको ढुवानीमा भ्याटले अधिकांश वस्तुको मूल्य बढ्छ । आपूर्ति विभागले भ्याट नलागेको वस्तुमा समेत मूल्य बढेको आशंका गरे पनि अनुगमन गरेको छैन ।

‘थोक बिक्रेतारपैठारीकर्ताले पनि मूल्य केही बढेको बताउँदै आएका छन् । खुद्रामा भन्सार वृद्धि नभएको वस्तुमा पनि मूल्य बढेको अनुमान छ,’ गौचनले भने, ‘हालको अनुगमन रक्सी र सिमेन्टमा बढी केन्द्रित छ । थोक बिक्रेतारखुद्रा बिक्रेता कसले मूल्य बढायो, मूल्य संकलन गर्ने काम पनि सुरु भएको छ ।’

खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बजेट सार्वजनिक हुनुअगावै मूल्य वृद्धि भएको बताए । दाल तथा गेडागुडीको मूल्य अस्वाभाविक बढेको उनले बताए । ‘बजेटको एक साताअघि नै बजार बढेको थियो । खाद्य वस्तुको मूल्य एक किलोमै ४० रुपैयाँसम्म बढेको छ,’ उनले भने, ‘उद्योगी, आयातकर्ता र होलसेलरले मूल्य बढाएपछि खुद्रामा पनि सोही अनुपातमा बढ्नु स्वाभाविक हो ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);