सांसदलाई छ करोड होइन दश करोड दिनुपर्छ : टोपबहादुर | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

सांसदलाई छ करोड होइन दश करोड दिनुपर्छ : टोपबहादुर

टोपबहादुर रायमाझी

काठमाडौं, २१ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले सांसद क्षेत्र पूर्वाधार विकास कोषको बजेट दश करोड पुर्‍याउन उपयुक्त हुने तर्क गर्नु भएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा सांसद क्षेत्र विकास कोषका लागि सरकारले ६ करोड बजेट बिनियोजन गरेकोमा आलोचना भईरहेका बेला उहाँले तत्कालका लागि त्यसलाई बढाएर १० करोडसम्म पुर्‍याउन उपयुक्त हुने बताउनु भएको हो ।

मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्न पनि सांसद क्षेत्र पूर्वाधार विकास कोषलाई तत्कालका लागि कटौति गर्न नमिल्ने स्पष्ट पार्नु भयो । जनतामा सुःख र समृद्धि छाएपछि सांसद क्षेत्र विकास कोषको बजेट कटौति गर्न आफूहरु सहमत हुने उहाँको स्पष्टिकरण थियो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता रमेश लेखकले भने सरकारले ल्याएको बजेटले मुलुकलाई समृद्ध बनाउन नसक्ने दावी पनि गर्नु भयो । उहाँले कर्मचारीको तलव/भत्तालगायतमा मात्रै केन्द्रित रहेको बजेटले कसरी मुलुकलाई समृद्ध बनाउन सकिन्छ ? भनि सरकारलाई प्रश्न पनि गर्नु भयो । नेता लेखकले सरकारले आफैले घोषणा गरेको ‘समृद्ध नेपालः सुःखी नेपाली’ नारालाई यो बजेटले सम्बोधन गर्ने अवस्था नरहेको पनि स्पष्ट पार्नु भयो ।