प्रतिनिधिसभाको शून्य समय : लोकसेवा आयोगले गरेको विज्ञापन सच्याउन माग | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

प्रतिनिधिसभाको शून्य समय : लोकसेवा आयोगले गरेको विज्ञापन सच्याउन माग

sanghiya samsadh

काठमाडौं, २१ जेठ ।  प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले समसामयिक विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

सांसद मिनबहादुर विश्वकर्माले सरकार दिनानुदिन निर्मम, निरंकुश र सर्वसत्तावादी हुदैछ भन्ने आरोपलाई लोकसेवा आयोगले हालै सार्वजनिक गरेको विज्ञापनले साकार पारेको बताउनुभयो । उहाँले लोकसेवा आयोगको विज्ञापन खारेज गरि संविधानको धारा ३८, ४० र ४२ को कार्यान्वयन हुने गरि पुन प्रकाशित गर्न माग गर्नुभयो ।

सांसद यज्ञ बहादुर बोगटीले जेठ १० गते अछामको ढकारी गाउपालिका वडानम्बर ४ बलातामा आगलागीबाट ७ वटा घरपुर्ण रुपमा नष्ट भएको, पशुंपक्षी लगायत नगद जिन्सिको क्षति भएको भन्दै तत्काल पीडीतलाई राहतको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद यज्ञराज सुनुवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो बेलायत भ्रमणको क्रममा भुपु गोर्खा सैनिकहरुले बर्षौ देखि उठाउदै आएको समानताको माग सम्बोधनका लागि ठोस पहल गर्न आग्रह गर्नुभयो ।सांसद लक्ष्मण लाल कर्णले विरगञ्जमा उच्च अदालतको भवन निर्माण तत्काल सुरु गर्न सरकारसंग माग गर्नुभयो ।

सांसद महेश बस्नेतले मुलुक धर्मनिरपेक्ष राष्ट्र भईसकेकाले आफुमा निहित क्रिश्चियन धर्म विरोधी भूतलाई हटाउन सांसदहरुलाई आग्रह गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);