प्रधानमन्त्रीलाई परराष्ट्रमामिलाका जानकारको प्रश्न-'विदेशी नीति कस्तो ?' | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रधानमन्त्रीलाई परराष्ट्रमामिलाका जानकारको प्रश्न-‘विदेशी नीति कस्तो ?’

kp oli

तेजना पण्डित

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली एकपछि अर्काे देशको भ्रमण गरिरहनु भएको बेला नेपालको विदेशी नीति कस्तो ? भन्नेमा बहस सुरु भएको छ । प्रधानमन्त्रीको अहिले युरोप भ्रमणको तालिका सार्वजनिक भएको छ । भ्रमणको लागि विदेश नीतिको आधारमा सम्बन्ध विस्तारका लागि ? परराष्ट्रमामिलाका जानकार प्रश्न उठाइ रहेका छन् ।

आफ्नो लागि अनुकुल व्यवहारलाई विस्तार गरी सुरक्षित र स्थिर राख्नु प्रतिकुल व्यवहारलाई न्युन गर्नु वा समाप्त गर्नु त्यो राज्यको निती हुने गर्दछ । त्यो नै परराष्ट्र निती हो । नेपाल परापूर्वकालदेखि स्वतन्त्र मुलुकको रुपमा रहँदै आएको र एसको स्वतन्त्र मुलुकको हैसियतले विदेशी मुलुकसँग सम्बन्ध काएम रहदै आएपनि सन् १८१६ मा सुगौली सन्धीपछि बेलायतसँग औपचारीक रुपमा सुरु भएको कुटनितीक सम्बन्ध सँयुक्त राष्ट्रसंघ,असंलग्न राष्ट्रको सदस्य हुदै हालसम्म आइपुग्दा बिश्वको सवै महादेशका १६६ देशसँग दुईपक्षीय कुटनितीक सम्बन्ध कायम भएको छ ।

नेपालको परराष्ट्र निती संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नताका सिद्धान्त, पञ्चशीलको सिद्धान्त, अन्तर्रा्ष्ट्रिय कानुन र विश्व शान्तिको मान्यताको आधारित रहेर सञ्चालन हुँदै आएको छ । यसमा आधारित रहेर राष्ट्रिय हितलाई अघि बढाउदै देशको स्वतन्त्रता सार्वभौमीकता भौगोलीक अखण्डतालाई जोगाउदै छिमेकी राष्ट्रदेखि संसारका सवै मुलुकसँग सन्तुलन सम्बन्ध कायम राखेर अघि बढ्नु पर्ने सरोकारवालाहरु बताउँछन् ।

देशले आर्थिक समृद्धी हासिल नगरेसम्म देशको अरु पक्ष सवल हुन नसक्ने हुुँदा हाल आर्थिक कुटनिती, श्रम कुटनिती,बैदेशीक लगानी भित्राउने र निर्यात व्यापार बढाउन सरकारले परराष्ट्र नितीको प्राथमिकतामा राखेको छ । यसका लागि बिदेशी लगानी भित्राउन निती नियममादेखी प्रशासनीक कार्यमा समेत सुधार, लगानी सम्मेलन समेत गरेको छ ।

सरकारले आर्थीक कुटनितीलाई उच्च प्राथमिकतामा राखी अघि बढेको बताएपनि नेपालले सोचेजस्तो आर्थीक बृद्धिदर हासिल गर्न सकेको छैन । आगामी आर्थीक बर्षमा आर्थिक बृद्धिदर ८.५ प्रतिशत पु¥याउने लक्ष्य त राखेको छ तर यसलाई पुरा गर्नको लागी सरकारले वैदेशिक लगानी भित्र्याउने सपष्ट निती नियम बनाउन आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);