बजेट सविधानको मर्म र भावना विपरित ल्याएको कांग्रेस सांसदको आरोप | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८१, बिहीबार

बजेट सविधानको मर्म र भावना विपरित ल्याएको कांग्रेस सांसदको आरोप

gyanendra karki

काठमाडौं, २० जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले संबिधानको मर्म र भावना बिपरित बजेट ल्याएको दावी गरेको छ ।

प्रतिनिभि सभाको सोमवारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिदै नेपाली कांग्रेसका सांसद एबं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले संविधानको मर्म र भावना विपरित बजेट ल्याएको दावी गर्नुभएको हो । उहाँले व्यापार घाटा बढ्दै गएकोे, राजस्व संकलनको काम उत्साहजनक नभएको अवस्थामा आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर ८ दशमलव ५ प्रतिशत पु¥याउने बजेटको लक्ष्य हासिल हुन नसक्ने तर्क गर्नुभयो । कार्कीले बजेटले गरिव जनतामा कुनै पनि खालको उत्साह भर्न नसकेको समेत बताउनुभयो ।

बजेटले आगामी आर्थिक वर्षमा ५ लाखलाई रोजगारी दिने उडन्ते कल्पना मात्रै गरेको काँग्रेस नेता कार्कीको भनाई छ । बैठकमा नेपाली काग्रेसकै अर्का सांसद डाक्टर मिनेन्द्र रिजालले बजेट पुस्तिकाको अनुसुची २ मा त्रुटी भएको भन्दै सच्याउन अर्थमन्त्री डाक्टर युवराज खतिवडाको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रिजालले अनुसुची २ मा राजश्व संकलन जोडिनुपर्नेमा घटाउने काम भएको भन्दै उक्त त्रुटी सामान्य नभएको जिकिर गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);