काठमाडौं, १९ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले सरकारको आधारबर्ष पछिको बजेटले इतिहास निर्माण गर्ने बाटो समात्न नसकेको टिप्पणी गर्नुभएको छ ।
प्रतिनिधिसभाको आईतबारको बैठकमा आगामी आर्थिक बर्ष २०७६/७७ को बजेट माथिको छलफलमा सहभागी हुदै सांसद रिजालले शक्तिशाली सरकारले ल्याएको बजेटले सरकारको सम्मृद्धिको लक्ष्य हासिल हुन नसक्ने दाबी गर्नुभयो ।
डा. रिजालले चालु खर्च पुरा हुने आधारहरु बजेटमा नदेखिएको तथा आयातमा आधारित राजश्वको सतहमा वितरण मुखी कार्यक्रम ल्याइएको उल्लेख गर्नुभयो । उहाँले संघीयताको मर्म र भावना विपरित बजेट आएको दाबी समेत गर्नुभयो ।