व्यवस्थापन बजेट केन्द्रीत भएन : गोकर्ण बिष्ट | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

व्यवस्थापन बजेट केन्द्रीत भएन : गोकर्ण बिष्ट

gokarna bista

वैशाख, २९ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका छाया अर्थमन्त्री डाक्टर मिनेन्द्र रिजालले अहिलेको अवस्थामा सरकारलाई बजेटको आकार नबढाउन सुझाव दिनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बैठकमा आगामी आर्थिक २०७७/७८ का लागि विनियोजित विधेयका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा सांसद रिजालले उक्त सुझाव दिनुभएको हो ।

कोरोना महामारीले गर्ने क्षति र त्यसपछिको अर्थतन्त्रका विषयमा अहिले नै पूर्वानुमान गर्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै रिजालले साउनपछि पुरक अनुमान प्रस्तुत गर्न पाइने अवस्थामा अहिले बजेटको आकार बढाउन नहुने उल्लेख गर्नुभयो ।

बैठकमा नेकपा सांसद जनार्दन शर्माले किसान, मजदुर र निम्न आय भएका जनतालाई लक्षित गरी बजेट ल्याउनु पर्नेमा जोड दिनुभयो ।

नेकपाकै सांसद गोकर्ण बिष्टले कोरोनाको प्रभावले विश्वव्यापी रुपमा बढिरहेको बेरोजगारी समस्या समाधान, विदेशबाट फिर्ता हुने व्यक्तिहरुको व्यवस्थापनमा बजेट केन्द्रीत हुनुपर्ने भएपनि त्यस्तो हुन नसकेको बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद विनोद चौधरीले विश्वका अन्य मुलुकहरुले कोरोनासँग जुध्न विभिन्न आर्थिक प्याकेज घोषाणा गरेपनि नेपाल सरकारले त्यता ध्यान दिन नसकेको उल्लेख गर्नुभयो । सांसद चौधरीले पर्यटन, औद्योगिक उत्पादन, रेमिट्यान्स लगायतका क्षेत्रहरु खराव अवस्थाबाट गुज्रिरहेको र निर्माण, थोक तथा खुद्रा व्यापार, बैकिङ र कृषि क्षेत्र पनि प्रतिकुल अवस्थामा रहेकाले यसतर्फ पनि सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);