अष्ट्रियाको ७ दिने भ्रमण सकेर उपराष्ट्रपति पुन शनिवार स्वदेश फिर्ता | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

अष्ट्रियाको ७ दिने भ्रमण सकेर उपराष्ट्रपति पुन शनिवार स्वदेश फिर्ता

भ्रमणका क्रममा अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान र पुनबीच द्विपक्षीय हितका बिषयमा छलफल

काठमाडौं, १८ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको भ्रमण सकेर शनिवार स्वदेश फर्कनु भएको छ । उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनको निमन्त्रणामा भियनामा जेठ १४ गते आयोजित जलवायु सम्बन्धी आर–२० अष्ट्रियन विश्व शिखर सम्मेलनमा सहभागी हुन जेठ १२ गते अष्ट्रिया जानु भएको थियो ।

उपराष्ट्रपति पुनले अष्ट्रियामा रहँदा अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनसँग दुई पक्षीय भेट वार्ता गर्नुभएको थियो । उराष्ट्रपति पुनले जलवायु सम्बन्धी आर–२० अष्ट्रियन विश्व शिखर सम्मेलनमा उपस्थित भएर समूहगत छलफलमा भाग लिनु भएको थियो । उपराष्ट्रपति पुन अष्ट्रियाको टेरोल प्रान्तको ईन्सब्रुक सहरमा भएको अन्तराष्ट्रिय सगरमाथा दिवसमा पनि सहभागी हुनुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);