प्रचण्डको अभिव्यक्तिले नेकपाभित्र र बाहिर नयाँ तरंग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

प्रचण्डको अभिव्यक्तिले नेकपाभित्र र बाहिर नयाँ तरंग

पुष्पकमल दाहाल

तेजना पण्डित
काठमाडौं, १८ जेठ । नेकपामा आलोपालो प्रधानमन्त्री हुने भन्ने विषय छलफलमा आएको छ । दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताको समयमा आलोपालो प्रधानमन्त्री हुने भनी भएको सम्झौता बाहिरिएपछि यो विषय अहिले पार्टी भित्र तथा बाहिर नयाँ तरंग ल्याएको छ । अध्यक्ष प्रचण्डले परिस्थिति अनुकुल भए अबको १५ महिनापछि आफू प्रधानमन्त्री बन्ने भनी सार्वजनिक अभिव्यक्ति नै दिनु भएको छ । जसले गर्दा नेकपाभित्र यो विषयले नयाँ बहस पाएको छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकिकरणको समयमा दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच गत वर्षको जेठ दुई गते पाँच बुंदामा सहमति भएको थियो ।

सहमती पत्रको चौथो बुंदामा समानता र समान अवधिका आधारमा आवश्यकता अनुरुप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने भन्ने उल्लेख छ । त्यतिबेला भएको सहमति गोप्य नै राखिएको थियो ।

एक बर्षपछि आएर सहमतिमा हस्ताक्षर कर्ता अध्यक्ष प्रचण्डले नै यो कुरालाई सार्वजनिक गरिदिनु भएको छ । प्रधानमन्त्री ओली विदेश जानु भएको बेला यो विषय निकै बहसको विषय बन्यो । अध्यक्ष प्रचण्ड अहिले खुलेरै यो कुरालाई सार्वजनिक गरि रहनु भएको छ

जेठ दुई गते भएकाे पाँच बुंदे सहमति

अध्यक्ष दाहालको अभिव्यक्ति सार्वजनिक भएपछि दुई तिहाईको ओली सरकारको नेतृत्व फेरिन लागेको हो कि भन्ने आशयमा राजनीतिक बहस भइरहेको छ । तर यो बहसलाई सर्वसाधारणले भने खासै रुचाएको देखिंदैन ।

एक बर्षसम्म पार्टी एकता प्रकृया टुङ्गिन नसक्नु, कार्य बिभाजन ठिक ढङ्गले हुन नसक्नु र सम्झौता पत्रमा भएका सहमती कार्यान्वयन हुन नसक्दा सम्झौतामा रहेका कुराहरु बाहिर आएको नेकपाका नेताको बुझाई छ । एक वर्षअघि भएको सहमति प्रधानमन्त्री भारत गएको बेला बाहिर आउनुलाई राजनीतिक विश्लेषकले अर्थपूर्ण रुपमा हेरेका छन् ।

अहिले दुई तिहाई बहुमतमा नेकपाको नेतृत्वमा सरकार छ । बहुमतको सरकारको आयु पाँच वर्ष हो तर दुई अध्यक्ष भएको हुँदा आलोपालको कुरा आएको छ । सम्झौता नै भएको र गोप्य भनिएको सम्झौता सार्वजनिक गरिएपछि डेढ वर्षपछि के होला ? राजनीतिक वृत्तमा मात्र होइन सर्वसाधारणमा पनि अहिले चासो बढेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);