प्रधानमन्त्री कप क्रिकेट : प्रदेश ३ द्वारा गण्डकी प्रदेश ७ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

माघ ९ २०८१, बुधवार

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश ३ द्वारा गण्डकी प्रदेश ७ विकेटले पराजित

PM cup- parash khadka

काठमाडौं, १४ जेठ । प्रदेश ३ ले प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा लगातार दोश्रो जित निकालेको छ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल रहेको प्रदेश नम्बर ३ ले गण्डकी प्रदेशलाई ७ विकेटले हराउँदै दोश्रो जित निकालेको हो ।

मंगलवार किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशले दिएको १०९ रनको सामान्य लक्ष्य प्रदेश ३ ले २२ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ३० ओभर १ बलमा अलआउट हुँदै १सय ८ रन बनाएको थियो ।

सोमवारको खेलमा प्रदेश ३ ले प्रदेश ५ लाई ६ विकेटले पराजित गरेको थियो । जितसंगै समूह ’ए’ को प्रदेश ३ ले ३ खेलबाट ४ अंक जोडेको छ । समूहका शीर्ष दुई टिमले सेमिफाईनलमा स्थान बनाउनेछन् ।

प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);