अष्ट्रियाको संसदले चान्सलर सेबास्टिएन कुर्जलाई सत्ताबाट हटायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८३, शुक्रबार

अष्ट्रियाको संसदले चान्सलर सेबास्टिएन कुर्जलाई सत्ताबाट हटायो

chaslar-Sebastian-Kurz

काठमाडौं, १४ जेठ । अष्ट्रियाको संसदले चान्सलर सेबास्टिएन कुर्जलाई सत्ताबाट हटाएको छ ।

संसदको विशेष अधिवेशनमा चान्सलर कुर्ज विरुद्ध अविश्वास प्रस्ताव पारित गर्दै संसदले उनलाई पद मुक्त गरेको हो । कुर्जको गठबन्धन सरकारका सहयोगी पार्टी फार–राइट फ्रिडम पार्टी (एफपिओ) र विपक्षी दल सोसियल डेमोक्र्या्टिक (एसपिओ) पार्टीले अविश्वास प्रस्तावको पक्षमा मत दिएका हुन् । अष्ट्रियाका राष्ट्रपतिले भाइस चान्सलर हार्ट्विग लोगरलाई अन्तरिम नेता अर्थात अन्तरिम चान्सलर नियुक्त गरेका छन् । टेलिभिजन सम्बोधनमा राष्ट्रपति एलेक्सान्ड्र भान डेर बेलिनले संवैधानिक म्यान्डेड पूरा गर्नु पर्ने भएकाले केही मन्त्रीहरुलाई अन्तरिम उत्तराधिकारी चयन नहुँदासम्म काममा रहने भनेका छन् ।

कन्जरभेटिभ अष्ट्रियन पिपुल्स पार्टीका नेता समेत रहेका कुर्ज युद्धपछिको अष्ट्रियन इतिहासमा विश्वासको मत नपाएर सत्ताबाट बाहिरिने पहिलो चान्सलर हुन् । उनी सन् २०१७ मा निर्वा्चित हुँदा मात्रै ३१ वर्षका थिए र उनी विश्वका सबैभन्दा कम उमेरका सरकार प्रमुख बनेका थिए ।अविश्वास प्रस्ताव पारित भएपछि क्रुर्जले अन्तरिम सरकारलाई साथ रहने बताएका छन् । उनले आफ्नो पार्टी ओभिपीले देशमा स्थायित्व ल्याएरै छाड्ने पनि उनले उल्लेख गरेका छन् ।