तालिवानले विश्वविद्यालयमा पनि महिलालाई प्रतिबन्ध लगायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

तालिवानले विश्वविद्यालयमा पनि महिलालाई प्रतिबन्ध लगायो

एजेन्सी । तालिवानले महिलालाई विश्वविद्यालयमा जान प्रतिबन्ध लगाएको छ । उसले विश्वविद्यालयमा काम गर्ने महिला कर्मचारीलाई पनि घरमै बस्न भनेको छ । ‘इस्लामिक वातावरण कायम नहुन्जेल’ भन्दै तालिवानले विश्वविद्यालयका महिलालाई प्रतिबन्ध लगाएको हो । तालिवानल नियुक्त गरेको विश्वविद्यालयका चान्सलर मोहम्मद असरफ गैरातले यस्तो घोषणा गरेका हुन् ।

‘स्लामिक वातावरण नबनुन्जेल महिलालाई विश्वविद्यालयमा अनुमति दिइने छैन्,’ गैरातले ट्विट गर्दै भनेका छन् ।  काबुल विश्वविद्यालयमा मात्र झन्डै नौ हजार चार सय ६० महिला अध्ययन गर्छन् । यो कूल विद्यार्थी संख्याको ४३ प्रतिशत हो । 

तालिवानको प्रतिबन्धपछि अफगान महिला थप चिन्तित छन् । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);