वडाअध्यक्षलाई प्रहरीले कुटेपछि कञ्चनपुरको पुनर्वास प्रहरी चौकीमा तोडफोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

वडाअध्यक्षलाई प्रहरीले कुटेपछि कञ्चनपुरको पुनर्वास प्रहरी चौकीमा तोडफोड

धनगढी बेलौरी हुलाकीमार्ग समेत दिनभर ठप्प
कञ्चनपुर, १० जेठ । कञ्चनपुरको पुनर्वासमा स्थानीयले प्रहरी चौकीमा तोडफोड तथा चौकी अगाडी टायर बाली बिरोध प्रदर्शन गरेका छन् । पुनर्वासमा काँग्रेसबाट निर्वाचित वडाध्यक्ष तुलसी अर्याललाई प्रहरीले कुटेको विरोधमा स्थानीयले प्रदर्शन गरेका हुन् ।

प्रहरी चौकी डोके बजारमा गए राती ११ बजे स्थानीयको बिवाद सुल्झाउन पुगेका वडा अध्यक्ष अर्याललाई प्रहरीले कुटपिट गरेपछि बिहीबार रातीदेखि नै स्थानीयले बिरोध प्रदर्शन सुरु गरेका थिए । बिरोधमा उत्रिएका स्थानियले धनगढी बेलौरी हुलाकीमार्ग समेत दिनभर ठप्प पारेका थिए ।

उमेर नपुगेका एक किशोर र एउटी किशोरीले भागेर विवाह गर्न खोजेपछि भएको विवादले डोकेबजार क्षेत्र अशान्त बनेको हो । जिल्लाको पुनर्वास नगरपालिका–११ का १५ बर्से रोमन विक र १४ वर्षीया पुष्पा तामाङले भागेर विवाह गर्न खोजेपछि केटा पक्षले प्रहरीलाई खबर गरेका थिए ।

सम्झौताका लागि दुवै पक्षलाई प्रहरी चौकी पचकडियामा बोलाएर केटालाई घरपरिवारको जिम्मा लगाइएको थियो । तर केटी पक्षको कोही नआएको भन्दै इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका इन्स्पेक्टर कर्णबहादुर बलले इलाका प्रहरी कार्यालयमा लैजान खोजेपछि स्थानीयले विरोध गरेका थिए ।

उनीहरूले किशोरीलाई पुरुष प्रहरीले लैजान नपाउने अडान राखेका थिए । विवादबीच प्रहरीले लाठीचार्ज गर्दा वडा नम्बर ११ का अध्यक्ष तुलसी अर्यालसहित ३ जना घाइते भएका छन् । अध्यक्ष अर्यालले मदिरा सेवन गरेका प्रहरीले एक्कासि लाठीचार्ज गरेपछि आफूसहित ३ जना घाइते भएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);