सरकार संघीयता कमजोर बनाउने खेलमा लाग्यो : रामचन्द्र पौडेल | ईमाउण्टेन समाचार

Our Network

पुष ९ २०८१, मंगलबार

सरकार संघीयता कमजोर बनाउने खेलमा लाग्यो : रामचन्द्र पौडेल

ramchandra poudel

महेन्द्रनगर, ९ जेठ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार नै संघीयता कमजोर बनाउने खेलमा लागेको आरोप लगाउनु भएको छ । प्रेस यूनियन कञ्चनपुरले बिहीबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले संघीयता कमजोर बनाउने खेलमा सरकार लागेको आरोप लगाउनु भएको हो ।

सरकारले स्वायत्त निकायसहित न्यायालय, प्रेस र मानव अधिकार जस्ता क्षेत्रमा हस्तक्षेप गरिरहेको समेत नेता पौडेलको आरोप छ । नेता पौडेलले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक पनि प्रेस स्वतन्त्रता बिरोधी भएको बताउनुभयो । उहाँले विधेयकले स्वतन्त्र प्रेसको मुख थुन्ने काम गर्ने दाबी गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);