काठमाडौं, ८ जेठ । भारतको अरुणाञ्चल प्रदेशको तिराप जिल्लामा भएको चरमपन्थी आक्रमणमा एक विधायकसहित ११ जनाको मृत्यु भएको छ ।
आक्रमणमा नेशनल पिपुल्स पार्टी (एनपिपी) का विधायक तिरोंग अबोसहित ११ जनाको मृत्यु भएको हो । तिरोंग अबो मेघालयका मुख्यमन्त्री कानराड संगमाको पार्टीका विधायक हुन् । घटनामा विधायक अबोका छोराको पनि ज्यान गएको बताइएको छ । तिरोंग अबो परिवारसहित सुरक्षा व्यवस्थाको साथमा आसामबाट अरुणाञ्चल जाँदै थिए । त्यहि क्रममा खोनसा–देओमाली सडकमा पहिले देखिनै कुरेर बसेका बन्दुकधारीले आक्रमण गरेका हुन् । ज्यान गुमाउनेमा दुईजना सुरक्षाकर्मी पनि छन् । आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन ।




