प्रधानन्यायाधीशकै फैसलाले सार्वजनिक गणेशी पोखरी व्यक्तिका नाममा | ईमाउण्टेन समाचार

Our Network

साउन २२ २०८३, शनिबार

प्रधानन्यायाधीशकै फैसलाले सार्वजनिक गणेशी पोखरी व्यक्तिका नाममा

jagga

काठमाडौं, ८ जेठ । सय वर्ष पुरानो पोखरी भएको सार्वजनिक जग्गा तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले अवकास हुनुभन्दा एक महिनाअघि व्यक्तिका नाममा हुने गरी फैसला गरेको खुलेको छ ।

अवकास हुनुभन्दा महिना दिनअघि प्रधानन्यायाधीश साह र न्यायाधीश (हाल प्रधानन्यायाधीश) चोलेन्दशमशेर जबराको इजलासले २०७२ जेठ १८ गते जलेश्वर नगरपालिका १० (महोत्तरी) को सारीस्थित दुई बिघा क्षेत्रमा फैलिएको सार्वजनिक पोखरी व्यक्तिका नाममा हुनेगरी फैसला गरेको तथ्य सार्वजनिक भएको हो । यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।