५२ बिघा १७ कट्ठा राष्ट्रिय वन क्षेत्र व्यक्तिका नाममा दर्ता गर्न दबाब | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८३, आइतबार

५२ बिघा १७ कट्ठा राष्ट्रिय वन क्षेत्र व्यक्तिका नाममा दर्ता गर्न दबाब

jagga jamin

कपिलवस्तु, २ माघ ।  पूर्वपश्चिम राजमार्गसित जोडिएको शिवराज नगरपालिका–१ स्थित ५२ बिघा १७ कट्ठा राष्ट्रिय वन क्षेत्र व्यक्तिका नाममा दर्ता गर्न दबाब परेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

स्थानीय बासिन्दाले भने उक्त क्षेत्र इतिहासदेखि नै सार्वजनिक वन रहेको र व्यक्तिगत रूपमा कसैले पनि उपयोग गरेको नदेखिएको बताएका छन् ।

उक्त वनक्षेत्र आफ्नो दाबी गर्दै स्थानीय मनमोहन जीसीलगायतले दायर गरेको रिटमा सर्वोच्चले जीसी परिवारका पक्षमा आदेश गरेको थियो । ‘हाम्रा बाजेका पालादेखि यो सार्वजनिक वनका रूपमा छ ।

अहिले केही स्थानीयले आफ्नो दाबी गरेका छन्,’ वन उपभोक्ता छविलाल शर्माले भने, ‘सर्वोच्चले पनि उनको जग्गा नापेर छुटयाइदिन आदेश गरेको देखेर छक्क पर्‍यौं ।’

रिट दायर गर्नेहरू शिवराज–१ का वडाध्यक्ष जगतबहादुर घर्ती (जीसी) का दाजुभाइ पर्छन् । रिटमा उक्त जग्गा विसं १९८८ को लिखतअनुसार शिवकुमार भारतीबाट किनेको र २०१५ जेठ २१ मा मालपोत कार्यालयबाट लिखत पास गरेको उल्लेख छ ।

२०२७ सालको नापीमा छुटेको दाबी गर्दै पुनस् हालसाबिक गरी छुटयाइदिन आग्रह गरिएको छ ।