सरकारी वन व्यक्तिको नाममा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सरकारी वन व्यक्तिको नाममा

ban

लहान,१५ माघ । गोलबजार नगरपालिका ९ स्थित सरकारी स्वामित्वको वन क्षेत्रको करिब तीन बिघा जग्गा व्यक्तिका नाममा नामसारी भएको रहस्य खुलेको छ । मिर्चैया नगरपालिकाका जग्गा व्यापारी लालु खानले शुक्रबार वन फँडानी गर्न थालेपछि वनको जग्गा नामसारी भएको रहस्य खुलेको हो ।

जिल्ला मालपोत कार्यालय सिरहाका अनुसार चोहर्वास्थित नेपाली सेना क्याम्पअगाडि तथा पूर्व पश्चिम राजमार्गसँगै जोडिएको साविक चन्द्रोदयपुर गाविस ८ मा पर्ने कित्ता नम्बर ४२० को १६ हजार ६ सय ४४ दशमलव १३ वर्गमिटर क्षेत्रफलको उक्त जग्गा कृष्णपुर २ की अनितादेवी साह र लहान नपा ८ की विनाकुमारी चौधरीको नाममा दर्ता छ ।

जग्गाधनी दर्ता प्रमाणपुर्जाअनुसार ०७४ कात्तिक १३ गते उनीहरूको नाममा जग्गा नामसारी गरिएको हो । पुर्जामा जग्गाको किसिम खेत धनहर अब्बल उल्लेख छ । तर, उक्त जग्गामा रूख लगाइएको छ । जग्गामा डेढ सयभन्दा बढी खयर र सिसमको बोट छन् । यो जग्गा व्यापारी खानले प्रवीण चौधरीबाट साढे पाँच करोड रुपैयाँमा खरिद गरेको दाबी गरेका छन् । जग्गा खानको नाममा भने नामसारी भइसकेको छैन ।आधा दर्जनभन्दा बढी रूख ढालेर जग्गा खाली गरिरहेका खानलाई स्थानीयले रोकेर वन कार्यालयलाई जानकारी गराएका थिए ।

जिल्ला वन कार्यालय प्रमुख सुनीलकुमार सिंहको नेतृत्वमा पुगेको वन रक्षकहरूले जेसिबी, जेसिबीका मालिक र चालकलाई नियन्त्रण लिएको सहायक वन अधिकृत अमरेन्द्र यादवले बताए । नम्बर नभएको व्याक्होलोडरका मालिक मिर्चैया नपा १ का विजय महतो र चालक कर्जन्हा नपा ५ का रामहरि महरा पक्राउ परेका छन् । आफूलाई जग्गाको मालिक बताउने व्यापारी लालु खान भने फरार छन् ।

वन कार्यालय प्रमुख सिंहले वन लगाएको सरकारी स्वामित्वको जग्गा कसरी व्यक्तिको नाममा गयो भनेर आश्चर्य लागेको बताए । उनले भने, ‘सरकारी स्वामित्वको जग्गा हो । हामीले पटकपटक वृक्षरोपणसमेत गरेका छौं । व्यक्तिको नाममा हुनै सक्दैन । भूमाफियाको प्रलोभनमा मालपोत र नापी कार्यालयका कर्मचारीको बदमासीका कारण व्यक्तिका नाममा जग्गा दर्ता गरिएको हुन सक्छ ।’ जग्गा नामसारीका विषयमा वन कार्यालयले सूक्ष्म अनुसन्धान गर्ने जनाएको छ ।

गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले पनि सरकारी स्वामित्वको जग्गा भूमाफियाले कब्जा गर्न लागेको भन्दै छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।‘राजमार्गसँगै जोडिएको उक्त जग्गामा म्युजियम बनाउने सोच बनाएको थिएँ’, आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘तर तीन दिनअघि उक्त जग्गा आफ्नो हो भनेर केही व्यक्ति वन फँडानी गर्न लाग्दा पक्राउ परेका छन् ।’

सरकारी स्वामित्वको जग्गामा वन फँडानी गर्दा नियन्त्रणमा लिएको व्याक्होलोडर, त्यसका मालिक र चालकलाई रिहा गर्न मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवले वन प्रमुख सुनील सिंहलाई धम्की दिएका छन् ।वन कार्यालय पुगेरै प्रमुख सिंहलाई मेयर यादवले तथानाम गाली गर्दै धम्की दिएको सहायक वन अधिकृत अमरेन्द्र यादवले जानकारी दिए । आजको अन्नपुर्णपोष्टमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);