काठमाडौं, ६ जेठ । बजारमा यतिबेला भान्सामा दैनिक उपभोग गर्ने उपभोग्य बस्तुहरुको मुल्यमा वृद्धि भएको छ । जस्ले गर्दा सर्वसधारणको दैनिकीमा समस्या परेको छ । ब्यापारीहरुले दैनिक उपभोग्य बस्तुमा मूल्यवृद्धि गरिरहंदा सरकारको अनुगमनमा भने सुस्तता देखिएको छ ।
हरेक सर्वसाधारणको दैनिक घरघरमा प्रयोग गरिने तरकारी लगायत खाद्यन्नको मुल्यमा वृद्धि भएको छ । एक महिना अघि नब्बे रुपैयाँमा विक्री भएको मुसुरो दाल यतिबेला बजारमा १ सय २० रुपैयाँमा विक्री भईरहेको छ । त्यसैगरी विभिन्न दाल लगायत तेल, चिनी चामलहरुमा पनि किलोमा २० देखी ५० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ । बजारमा तरकारीमा लगायत खाद्यन्नमा भएको चर्को मूल्यबद्धि आम उपभोक्ताका लागि टाउको दुखाई बनिरहेको छ । दिनदिनैको मूल्य वृद्धिले उभोक्तामा निराशा बढाएको छ ।
बजारलाई स्थिर र नियन्त्रित बनाई उपभोक्तालाई राहत दिने काम सरकारको हो तर बजारमा सरकारको कुनै पनि हस्तक्षेप छैन । बजारमा सरकारको उपस्थिति न्यून हुँदा बिचौलिया र व्यापारीको मनलाग्दी छ । अनुगमन प्रभावकारी नहुनु र सरकार मौन बस्नुले यस्तो अवस्था आएको उपभोक्ता अधिकारकर्मीको भनाई छ ।
कृषि प्रधान मुलुक भनिए पनि नेपालमा पर्याप्त उत्पादन नहुने र बाहिरी देशहरुबाट हरेक सामानको आयातमा भर पर्नुपर्ने भएकाले पनि बारम्बार सर्वसाधारण मुल्यवृद्धिको चपेटामा पर्ने गरेका छन् । यसो हुँदा पनि सरकारले चासो राखी प्रभावकारी अनुगमन गरेको भने पाईदैन । तर अनुमन गर्ने निकायहरु भने बजारमा दैनिक जसो अनुगमन गरिरहेको दावी गर्छन ।
सरकार लगायत बजारमा अनुगमन गर्ने निकाय च्याउ सरि उम्रिएका छन् । अनुगमन गर्ने सरकारी निकायले त वार्षिक २८ सय पटक बजार अनुगमन गर्नु पर्ने नियम रहेको छ । तर यो आर्थिक वर्ष पुरा हुन २ महिना बाँकि रहंदा जम्मा १५ सय पटक मात्र अनुगमन गरेको छ । अनुगमनपछि कतिलाई कारबाही भयो ? जनताले थाहा पाउन सकेका छैनन । यसले पनि थाहा हुन्छ कि बजार अनुगमनमा सरकार कती सुस्त छ भनेर ।




