अवैध उल्खननको असरः मानवबस्ती उच्च जोखिममा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अवैध उल्खननको असरः मानवबस्ती उच्च जोखिममा

dhunga khani

सिरहा, ६ जेठ । सिरहाको धनगढीको नगरपालिका–८ मा खानीको नाममा भइरहेको अवैध उल्खननले मानवबस्ती विस्थापनको जोखिममा परेको छ । मानवबस्ती पर्वाह नगरी भइरहेको तीव्र उत्खननका कारण ६ टोलका मानवबस्ती विस्थापनतर्फ उन्मुख भएका छन् ।

धनगढी–८ महुलियाटोलका ६३ वर्षीय विश्वनाथ यादव चार पुस्तादेखि बस्दै आएको थातथलो छोडेर भाग्नुपर्ने अवस्था आएकोमा दुःखी छन् ।

‘बस्तीका चारेतिर ठूलाठूला खाल्डो खनेर गिट्टीबालुवा झिक्दा गाउँबस्ती उजाड हुन थाले,’ उनी भन्छन्,‘अब सिडिओलाई भेटेर कि उत्खनन रोक्नुस् कि अन्यत्र बस्ती सारिदिनुस् भन्ने हो ।’ स्थानीय सरकार आएपछि निमुखा जनतालाई सहायता पुग्ने सोचेको थिए यादवले ।  यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);