स्थानीयको अवरोधले धरहरा निर्माण कार्य अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

स्थानीयको अवरोधले धरहरा निर्माण कार्य अवरुद्ध

dharahara

काठमाडौं, ३ जेठ । स्थानीयले अवरोध गरेपछि ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा धरहरा निर्माणको काम अवरुद्ध भएको छ ।

पैदलमार्ग खुलाउनुपर्ने आफूहरुको माग अझै पूरा नगरेको भन्दै स्थानीयले शुक्रबार बिहान अवरोध गरेपछि धरहरा निर्माणको काम अवरुद्ध हुन पुगेको हो । धरहरा वरपरका स्थानीयले पैदल मार्ग नखुलाएको भन्दै अवरोध गरेपछि धरहरा निर्माणको काम अवरुद्ध भएको धरहरा निर्माण प्रोजेक्टका म्यानेजर श्यामचन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।

स्थानीयले विगत ६ महिनायता आफूहरुलाई आवात जावतका लागि सहज बनाउन पनि पैदलमार्ग खुलाउन धराहरा निर्माण समितिसँग माग गर्दै आएका थिए । उनीहरुले धरहरा निर्माण गर्दा ऐतिहासिक सम्पदा सुन्धाराको संरक्षण गर्न पनि दवाव दिँदै आएका छन् ।

यता, धराहरा निर्माण समितिले धराहरा वरपरका स्थानीयको पैदल मार्ग खुलाउने माग सम्बोधनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयसँग छलफल भईरहेको जनाइको छ ।

स्थानीयले अवरुद्ध पारेपछि धरहरा निर्माणको काम अवरुद्ध हुन पुगेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);