अख्तियारका तत्कालिन आयुक्त राजनारायण पाठक ७८ लाख धरौटीमा रिहा | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

अख्तियारका तत्कालिन आयुक्त राजनारायण पाठक ७८ लाख धरौटीमा रिहा

raj-narayan-pathak

काठमाडौं, १ जेठ । भ्रष्टाचारको मुद्दा खेपीरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठक धरौटीमा रिहा हुनुभएको छ । विशेष अदालतको आदेश बमोजिम ७८ लाख धरौटी बुझाउन बुधबार अपरान्ह अदालत पुग्नु भएका उहाँ सो धरौटी रकम बुझाएर रिहा हुनु भएको हो ।

विशेष अदालतले बुधबार नै पाठकलाई ७८ लाख धरौटी राखेर रिहा हुन आदेश दिएको थियो । सो धरौटी बुझाउन नसके पाठकलाई कारागार चलान गर्न पनि आदेश दिइएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिनु भयो ।

नेपाल इन्जिनियरिङ कलेजको विवाद सुल्झाउने भन्दै ७८ लाख घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियारका तत्कालीन आयुक्त पाठकविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);