भ्रष्टचारी ठहर भएका पाठक र न्यौपाने को हुन् ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

भ्रष्टचारी ठहर भएका पाठक र न्यौपाने को हुन् ?

काठमाडौं । अख्तियारका पुर्वआयुुक्त राजनारायण पाठक भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त पाठकलाई विशेष अदालतका न्यायाधीशहरु श्रीकान्त पौडेल, बलभद्र बास्तोला र यमुना भट्टराईको इजलासले भ्रष्टचारी ठहर गरेको हो ।

भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको सम्बोधन विवाद मिलाउने भन्दै ७८ लाख रुपैयाँ घुस लिएको स्वीकारोक्तिको भिडियो बाहिरिएको थियो । कलेजका तत्कालीन अध्यक्ष लम्बोधर न्यौपाने र आयुक्त पाठकविरुद्ध २०७५ चैत्र १२ गते भ्रष्टाचारको मुद्दा दायर भएको थियो ।

४ वर्षपछि बिहीबार विशेष अदालतले पाठक र न्यौपानेविरुद्ध जनही तीन वर्षको कैद सजाय र ३९ लाख रुपैयाँ जरिवाना गराउने फैसला गरेको हो । पाठकलाई तत्कालीन समयमा बहालवाला आयुक्त रहेको कारण थप तीन महिना कैद सजाय हुने सजाय सुनाएको हो । उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अनुसार घुस लिने र दिने दुवैलाई सजाय गरिएको हो ।

०३९ सालमा निजामती सेवा प्रवेश गरेका महोत्तरीका पाठकले कानूनमा स्नातक गरेका छन् । पाठक सरकारी वकिल समूहको उप, सह–न्यायाधिवक्ता हुँदै ६ कात्तिक २०६६ देखि विशिष्ठ श्रेणी (सचिव स्तर) को नायव महान्यायाधिवक्ता बने । उनले ५ वर्षे सेवा अवधि पूरा गरेर ६ कात्तिक २०७१ मा पदबाट अवकाश पाएका थिए ।

त्यस्तै, न्यौपानेले कलेजको नेतृत्व गर्दा कलेजका सञ्चालक तथा अन्य पदाधिकारीहरुले गरेको ३३ करोड ७६ लाख ७३ हजार ४९ रुपैयाँ गैरकानूनी खर्च गरेको भनी छानबिनले औल्याएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);