अख्तिायर पूर्वआयुक्त पाठकमाथि अकुत सम्पत्तिमा पनि छानबिन | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

अख्तिायर पूर्वआयुक्त पाठकमाथि अकुत सम्पत्तिमा पनि छानबिन

Raj-Narayan-pathak

काठमाडौं, ९ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठक माथि घुस र अकुत सम्पत्तिमा छानबिन थालेको छ । अख्तियार र शिक्षा मन्त्रालयले घुस खुवाउने भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनिरिङ कलेज माथि पनि अनुसन्धान थालेको हो ।

अनुसन्धान टोली बनाएर मंगलबारबाट विस्तृत अनुसन्धान गरिरहेको अख्तियारले शिक्षा मन्त्रालयमार्फत इन्जिनिरिङ कलेज चाँगुनारायणको विवरण मागेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

अख्तियारको माग अनुसार मन्त्रालयले इन्जिनियरिङ कलेजको विवरण आयोगमा पठाइसकेको छ । इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेले पटक–पटक गरेर पाठकलाई ७८ लाख रुपैयाँ घुस बुझाएको खुलासा गरेपछि पाठक विवादमा परेका हुन् ।

घुस बुझाउने लगायत कलेज सञ्चालकमाथि पनि छानबिन अगाडि बढाउने भएको छ। इन्जिनियरिङ कलेजको सम्पत्ति बाँडफाँटको विषयमा न्यौपाने र दीपक भट्टराईको समूहबीच विवाद भएको थियो ।

१० करोड रुपैयाँ बाँड्ने विषयमा विवाद भएपछि भट्टराई समूहले जिल्ला प्रशासन कार्यालय, संसद्को शिक्षा, स्वास्थ्य समिति र अख्तियारमा उजुरी दिएको थियो। सम्पत्ति बाँडफाँटमा अनियमितता भएको भन्दै जिल्ला प्रशासन, संसदीय समिति र अख्तियारमा उजुरी परेपछि छानबिन रोक्न न्यौपाने समूहले आयुक्त पाठकलाई घुस दिएको थियो ।

शिक्षा मन्त्रालयले पनि उक्त कलेजमा भएको अनियमितताका विषयमा छानबिन थालेको छ । शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले शिक्षा स्वास्थ्य समितिको निर्देशनअनुसार कलेजको सञ्चालन मोडालिटी र आर्थिक अनियमितताको विषयमा छानबिन गरिएको बताए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);