पार्टीका युवा संगठनहरुको एकीकरणको काम दुई दिन भित्र टुंगो लाग्छ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

पार्टीका युवा संगठनहरुको एकीकरणको काम दुई दिन भित्र टुंगो लाग्छ : प्रचण्ड

अध्यक्ष पुष्पकमल दाहाल

काठमाडौं, १ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका युवा संगठनहरुको एकीकरणको काम दुई दिन भित्र टुंगो लगाइने घोषणा गर्नु भएको छ । अध्यक्ष दाहालले जनवर्गीय संगठनहरुको एकीकरणको कामलाई पनि २ दिन भित्र सम्पन्न गर्न आफूले जोड दिएको पनि स्पष्ट पार्नु भयो । उहाँले मदन भण्डारी स्मृति दिवसको अवसर पारेर जेठ ३ गते पार्टीका सबै जनवर्गीय संगठनहरुको एकीकरणको काम सम्पन्न हुने गरी भोली बिहान पार्टीको सचिवालयको बैठक बोलाइएको पनि जानकारी दिनु भयो ।

युवा संघ, नेपालको स्थापना दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मदन भण्डारी स्मृति दिवसको दिन युवा संगठनहकरुको एकीकरण भने हुने घोषणा पनि गर्नु भयो ।

अन्य संगठनहरुको एकीकरणको काममा केही ढिलाई हुन सक्ने अध्यक्ष दाहालको भनाई छ । अध्यक्ष दाहालले पार्टीका नेताहरु केपी ओली, माधव नेपाल र झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन आफूले पहल गरेको स्मरण पनि गराउनु भयो ।

उहाँले आफूले केही गर्न खोजेको उल्लेख गर्दै पार्टीका नेताहरुको साथ र सहयोगको अपेक्षा गरिएको पनि बताउनु भयो । तर उहाँले के गर्न खोजेको हो भन्ने चाँही स्पष्ट पार्नु भएन । अध्यक्ष दाहालले जनता र राष्ट्रको चाहना र भावनाको जगमा दुई पार्टीबीच एकता भएको पनि स्पष्ट पार्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);