ट्युनिसियामा आप्रवासी सवार डुंगा दुर्घटना, ६५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

ट्युनिसियामा आप्रवासी सवार डुंगा दुर्घटना, ६५ जनाको मृत्यु

tunisia dunga

एजेन्सी , २८ बैशाख ।  ट्युनिसियामा आप्रवासी सवार डुंगा भूमध्य सागरमा पल्टिँदा ६५ जनाको मृत्यु भएको छ । ट्युनिसियाको तटीय क्षेत्र नजिक आप्रवासी सवार डुंगा पल्टिएको संयुक्त राष्ट्रसंघीय शरर्णाथी नियोग (युएनएचसिआर) ले जनाएको छ ।

युएनएचसिआरका अनुसार १६ जनाको सकुशल उद्धार भएको छ । बाँच्न सफल भएकाहरुका अनुसार डुंगा बिहीबार लिबियाको जुवाराबाट छुटेको थियो र शक्तिशाली छाल आएका कारण अनियन्त्रित भएर डुंगा पल्टिएको हो । युरोप प्रवेश गर्ने लक्ष्यसहित आप्रवासीहरु डुंगामा सवार थिए ।

सन् २०१९ को पहिलो चार महिनामा लिबिया हुँदै युरोप पुग्ने मार्गमा यस्तै प्रकारको दुर्घटनाका कारण झण्डै १६४ जनाको ज्यान गइसकेको युएनएचसिआरको तथ्यांकले देखाएको छ । पछिल्लो पटक भएको यो दुर्घटना सन् २०१९ कै ठूलो रहेको उल्लेख गरिएको छ ।

ट्युनिसियाको नेभीले उद्धार गरि तटीय क्षेत्रमा ल्याएका आप्रवासीहरु अहिले डुंगाबाट उत्रिनका लागि अनुमतिको पर्खाईमा छन् । एकजनालाई भने उपचारका लागि अस्पताल पठाइएको छ ।

लिबियामा जारी हिंसाका कारण मानिसहरु असुरक्षित र अवैध बाटो अपनाएर युरोप प्रवेश गर्ने गरेका छन् । त्यसक्रममा धेरैको समुद्रमा डुबेर ज्यान जाने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);