शब्दवाणमा अल्मलिंदै नेपालको राजनीति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

शब्दवाणमा अल्मलिंदै नेपालको राजनीति

प्रकाश गिरी

काठमाडौं, २६ बैशाख । राजनीतिक संक्रमण अन्त्य र अविकसित मुलुकबाट विकसित देशको दर्जामा उक्लनको लागि विना राजनीतिक सहमति सम्भव नै छैन । यसको लागि राजनीतिक दलहरुको विचमा प्रतिस्पर्धा त आवश्यक छ तर यसो हुँदा विकासको लागि राजनीति कि राजनीतिको लागि विकास भन्ने अहम सवाललाई राजनीतिक दलहरुले केन्द्रमा राख्नुपर्नेछ । तर, यसो नगरि दलहरु आपसमा दोषारोपणमा उत्रिए भने के होला ?

दलिय ब्यवस्थामा राजनीतिक दलहरुको विचमा सुमधुर सम्वन्ध हुनुपर्छ । तर पछिल्लो दिनमा सत्तापक्ष र विपक्षी राजनीतिक दलको विचमा कस्तो सम्वन्ध छ भनेर मंगलवार संसदमा नीति तथा कार्यक्रम पास गर्दा तथा त्यसपछि प्रधानमन्त्री केपी ओली र विपक्षी दलका नेताले हात समेत नमिलाएकोबाट नै प्रष्ट भईसकेको छ ।

अझ प्रष्ट रुपमा यी दुई दलबीचको सम्वन्ध वुझ्नको लागि बुधवारबाट सुरु भएको कांग्रेसको जागरण अभियानमा कांग्रेस सभापति शेरवहादुर देउवाले प्रधानमन्त्री, राष्ट्रपति तथा सभामुखको सन्दर्भमा ब्यक्त गरेको बचनबाट नै बुझ्न सकिन्छ । जागरण अभियानको सुरुवात गर्दै सभापति देउवाले राष्ट्रपतिलाई ‘महारानी’ भन्न भ्याए भने सभामुखलाई डरपोक । यहि शब्दवाणले अहिले नेपाली राजनीतिक बजार तातेको छ ।

विपक्षी दलबाट वारम्वार सरकारको कटाक्ष हुन थालेपछि सत्तापक्षबाट पनि विहिवार कडा प्रहार भएको छ । कडा शब्द प्रहारमा दरिएका सञ्चार मन्त्री गोकुल बास्कोटाले कांग्रेसको मर्ममै प्रहार गरेका छन् ।

उनले साप्ताहिक रुपमा गर्ने पत्रकार सम्मेलनमा नेपाली कांग्रेसले दुइ कार्यकर्ता वा नेताबीच भेट हुँदा प्रयोग गर्ने ‘जय नेपाल’ भन्ने शब्दको उत्पतिमै प्रश्न खडा गरेका छन् । उनले राजा महेन्द्रले ‘कु’ गरेपछि जय नेपाल भनेको भन्दै कांग्रेसले अहिलेसम्म यहि शब्द प्रयोग गरेको बताए ।

कुनै महान विद्धानले भनेका छन् ‘कुनै गाउँ कस्तो छ भनेर थाहा पाउन मानिसहरु बाझेकोबाट थाहा पाउन सकिन्छ र कुन देश कस्तो छ भने थापा पाउन नेताको भाषणबाट वुझ्न सकिन्छ’ । नेपालका नेताहरुको अहिलेको अभिब्यक्तिले देशको अवस्था यसैगरि बताइरहेको छ ।

सत्तापक्षले ‘जय नेपाल’ शब्दको उत्पतिको वारेमा कांग्रेसलाई कडा प्रहार गरिरहेको बेलामा जागरण अभियान भन्दै गाउँ पसेको नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र नीधिले पनि सरकार प्रति कडा प्रहार गरेका छन् । उनले कांग्रेसलाई ‘निम्छरो’ भन्ने प्रधानमन्त्रीले आफ्नै दलका कार्यकर्तालाई ‘अरिंगाल’ भन्न समेत बाँकी नछाडेको बताएर ब्यग्य गरे ।

असल संस्कारको अपेक्षा गर्ने हर कोहीले सवैभन्दा पहिला आफुले असल ब्यवहार गर्नुपर्छ । मुलुक सत्तापक्षको कारण मात्र बन्ने होइन, यसमा विपक्षी दलको पनि उतिकै भुमिका रहन्छ ।  अझ, सत्तापक्षले विपक्षीलाई पनि मुल मुद्धामा साथ साथै लिएर जति हिंड्न सक्यो, राष्ट्रिय सहमतिको वातावरण उति नै बन्छ ।

नेपाल जस्तो विकासोन्मुख र राजनीतिक विकास नभएको मुलुकमा त झन राजनीतिक सहमतिको वातावरण झन् आवश्यक रहन्छ तर गत चुनाव देखि राजनीतिक दलकोबीचमा प्रतिस्पर्धात्मक मात्र होइन,अब इष्र्याको सम्वन्ध बन्न थालेको छ । यसले फेरि राजनीतिक संक्रमण दोहरिने त होइन भन्ने आशंका पनि पैदा हुन थालेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);