अप्सरा गौतम
काठमाडौं, २२ बैशाख । पछिल्लो समयमा नेपालमा भ्रष्टाचार दिनप्रतिदिन मौलाउँदै गएको छ । अझ कानुनी आड र राजनीतिक संरक्षणमा हुने भ्रष्टाचारको अवस्था डरलाग्दो छ । समग्रमा भन्नुपर्दा नेपालमा भ्रष्टाचार कहाँ हुन्छ भन्नु भन्दा पनि कहाँ हुँदैन र भन्नुपर्ने अवस्था छ ।
पछिल्लो समयमा नेपालमा भ्रष्टाचार वढ्दै गएको छ । भ्रष्टाचार विरोधी अन्तराष्ट्रिय संस्था ट्रान्सपरेन्सी ईन्टरनेनलको तथ्याङ्क अनुसार नेपाल भ्रष्टाचार हुने देशमा यस वर्ष सयमा ३१ अंक पाउँदै १ सय ८० देश मध्ये १ सय २४ औ स्थानमा छ । अझ पछिल्लो घट्ना क्रमले देशमा भष्ट्राचार प्रवृतिकै रुपमा झाँगिदै गएको देखिन्छ ।
यसलाई न्यूनीकरण गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रतिवद्धता जनाउँदै आउनुभएको छ । तर, प्रधानमन्त्री ओलीकै पालामा वाईडवडी प्रकरण देखि सार्वजनिक संस्थामा ठुला ठुला भष्ट्राचार भएका छन् । सरकारले भष्ट्राचारलाई निमुल पार्न भन्यो तर कार्यन्वयनमा हल्का भईदिएका कारण सोचे अनुसार परिणाम आउन नसकेको सत्तारुढ दलकै नेता अग्नी सापकोटा बताउँछन् ।
भष्ट्राचारको अर्थ र क्षेत्र जति नै व्यापक भए पनि मूलतः राष्ट्रसेवकहरूले गर्नुपर्ने काम नगर्नु र गर्नु नपर्ने काम गर्नु नै भष्ट्राचार हो । यस अर्थमा भन्नुपर्दा हाम्रो खासगरी सार्वजनिक जबाफदेहीका पदमा रहेकाहरूमा गर्नुपर्ने काम नगर्ने अनि गर्नु नहुने काम गर्ने प्रवृत्ति बढ्दै गएको सेवाग्राहीको गुनासो छ । यद्यपि भ्रष्टाचार निवारणको कुरो धेरै नै सुनिन्छ ।
सरकारका प्रतिनिधिदेखि उच्चपदाधिकारीले समेत भ्रष्ट्राचारका सन्दर्भमा शून्य सहनशीलताको नारा लगाउँदै आएका छन् । राज्यसत्ताले पनि यसबारे कानुन बनाएको मात्र छैन त्यस अुनसार संयन्त्र समेत खडा गरेको छ । ती संयत्र पनि भ्रष्ट्राचारकै विवादमा तानिएको कारण पनि सरकारको भाषण व्यवहारमा कार्यन्वयन नभएको विवेकशील पार्टीका नेता मुमाराम खनालको भनाई छ ।
समग्रमा भन्नुपर्दा नेपालमा सर्वत्र भ्रष्टाचार छ । कहाँ हुन्छ भन्नुभन्दा पनि कहाँ हुँदैन भन्नुपर्ने अवस्था छ । त्यसैले कडा कानुन बनाई निर्ममतापूर्वक कार्यान्वयनमा ल्याउनु पनि उत्तिकै जरुरी भएको सरोकारवालाहरु बताउँछन । भ्रष्ट्राचारी जो भए पनि जति नै पहुँचका भए पनि कडा कारबाही गर्न डराउनु हुन्न । अन्यथा भ्रष्टाचारमा शून्य सहनशीलताको नारा जति नै घन्काए पनि ‘काग कराउँदै छ, पिना सुक्दै छ’ भन्ने उखान चरितार्थ हुने विज्ञहरुको भनाई छ ।