बास्केटबल लिगमा त्रिभुवन आर्मीको लगातार तेश्रो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

बास्केटबल लिगमा त्रिभुवन आर्मीको लगातार तेश्रो जित

काठमाडौं, १८ बैशाख । त्रिभुवन आर्मी क्लबले नेपाल बास्केटबल लिगमा लगातार तेस्रो जित दर्ता गरेको छ । लिग अन्तर्गत घरेलु कोर्टमा बुधबार भएको खेलमा आर्मीले कीर्तिपुर बास्केटबल क्लबलाई ७८–५८ को स्कोरले पराजित गर्दै तेस्रो जित निकालेको हो ।

भद्रकालीस्थित कोर्टमा भएको खेलमा आर्मीले कीर्तिपुरलाई पहिलो क्वाटरमा २२–१५ ले, दोस्रो क्वाटरमा २४–१८ ले, तेस्रो क्वाटरमा १९–१३ ले र चौथो क्वाटरमा १३–१२ को अग्रता बनाउँदै पराजित गरेको हो ।

आर्मीको जितमा रोविन खत्रीले २६ अंकको योगदान दिए । प्लेयर अफ दि म्याच रोविन नै चुनिए । लगातार तीन जितपछि ६ अंकसहित आर्मी अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ । लिगमा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले २ लाख र दोस्रोले १ लाख नगद पाउनेछन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);