महासंघद्वारा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताका लागि ऐक्यवद्धता र्‍याली | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

महासंघद्वारा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताका लागि ऐक्यवद्धता र्‍याली

press swatantrata

काठमाडौं, १८ बैशाख । नेपाल पत्रकार महासंघद्वारा आज ७ वटै प्रदेशका राजधानीमा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताका लागि ऐक्यवद्धता र्‍याली गरेको छ । २६ औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासघंभले बुधबार बिहान बबरमहल देखि नयावानेश्वर सम्म प्रभात फेरी गरेको हो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि अघि बढाएको महासंघको अभियानमा पत्रकार, पेशाकर्मी नारिक अधिकारकर्मी, बुद्धिजीवी, युवा, विद्यार्थी तथा श्रमजीवीहरु सहभागी भई ऐक्यवद्धता जनाएका थिए । प्रभात फेरीमा महासंघका उपत्यकाका तीन वटै जिल्ला शाखा, उपत्यका प्रदेश कमिटी लगायतमा आवद्ध पत्रकारहरु ब्यानरसहित सहभागी भएका थिए ।

र्‍याली पछि नयाबानेश्वरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस स्वतन्त्रता, लोकतन्त्र र नागरिक अधिकारको अभियानमा महासंघ अझै खरो ढंगले उत्रनुपर्ने आवश्यकता औल्याउनुभयो । अहिले पनि संचार क्षेत्रमा संघीयता नआएको भन्दै उहाँले संचार सम्बन्धी कानूनलाई प्रेस स्वतन्त्रतामुखी बनाउन सबै तहका सरकारको ध्यानाकर्षण गराउनुभयो ।

आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको हक हितका लागि महासंघ अहिले पनि सडकमा आउन तयार रहेको बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);