लोकतन्त्र संस्थागत गर्न पत्रकारिताको ठुलो भुमिका रहने सभामुखको भनाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

लोकतन्त्र संस्थागत गर्न पत्रकारिताको ठुलो भुमिका रहने सभामुखको भनाई

काठमाडौँ, २३ असोज । सभामुख ओनसरी घर्तीले लोकतन्त्रलाई संस्थागत गर्न आमसञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित अन्तरराष्ट्रिय मिडिया सम्मेलनमा सभामुख घर्तीले समय सापेक्ष विकास निर्माणको कामलाई अघि बढाउन पनि सञ्चार माध्यामहरुले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताइन् । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने दायित्व सरकारको भएको स्मरण समेत गराएकी थिइन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुन नदिन आफूहरु सचेत रहेको बताएका छन् । उनले राज्यका सबै तहलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुने खालका कानुन निर्माण नगर्न सचेत पनि गराएका छन् ।

सम्मेलनमा सहभागी भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकासहितका देशका वरिष्ठ संचारकर्मीहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा नेपालले हात परेको सफलताको प्रशंशा गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);