ट्रकको ठक्करबाट विद्यार्थीको मृत्युपछि कैलालीको लम्की तनावग्रस्त | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८२, शुक्रबार

ट्रकको ठक्करबाट विद्यार्थीको मृत्युपछि कैलालीको लम्की तनावग्रस्त

धनगढी, १७ बैशाख । कैलालीको लम्कीमा ट्रकले साइकल यात्रुलाई ठक्कर दिंदा एक जना विद्यार्थीको घटनास्थलमा नै मृत्यु भएको छ । ट्रकको ठक्करबाट स्थानीय १९ वर्षीया सुनिता रावलको मृत्यु भएको प्रहरीले जनाएको छ । रावलको मृत्यु पश्चात विद्यार्थी र स्थानीयले पूर्वपश्चिम राजमार्गको साथै बजार समेत बन्द गराएर अान्दाेलन गरिरहेका  छन् ।

लम्की बहुमुखि क्याम्पसमा विएड प्रथम वर्षमा अध्यनरत १९ वर्षीया छात्रा सुनिता रावल क्याम्पसबाट बिहान साईकलमा घर फर्कने क्रममा पछाडिबाट आईरहेको ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा सडकमै ढलेकी थिइन् । ट्रकको ठक्करबाट सडकमा ढलेर घाईते भएकी रावललाई चालकले गाडी ब्याक गरेर किचेको प्रत्यक्षदर्शीले बताएका छन् । ठक्कर दिने चालक फरार छन् ।

आक्रोशित विद्यार्थी र स्थानीयले ट्रकलाई जलाउने प्रयास गरेका थिए। सो क्रममा आन्दोलकारीले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए । प्रहरीले आन्दोलनकारीलाई नियन्त्रण गर्न अश्रुग्यास,  हवाइफायर र रवरको गोली समेत चलाएको छ ।

प्रहरीले चलाएको रवरको गोली लागेर लम्की बहुमुखी क्याम्पसका प्राध्यापक प्रेम मुडभरीको टाउकोमा चोट लागेको छ भने आन्दोलनकारीको ढुङ्गा प्रहारबाट १० जना प्रहरी घाइते भएका छन्। घाइतेको लम्कीमा रहेको लालरत्न अस्पतालमा उपचार भैरहेको छ।