बिप्लप समुहका बाजुरा ईन्चार्ज सहित १० जनालाई प्रक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बिप्लप समुहका बाजुरा ईन्चार्ज सहित १० जनालाई प्रक्राउ

bajura-biplov samuh

बाजुरा, १७ बैशाख । जिल्ला प्रहरी कार्यालय बाजुराले बिप्लप समुहका बाजुरा ईन्चार्ज सहित १० जनालाई प्रक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले बुढिगंगा नगरपालिकाका १ अम्कोटबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाजुरा ईन्चार्ज भुप्रेन्द्र विक, सचिव भरत थापा, जिल्ला कमिटी सदस्य अंगराज भण्डारी र पबित्रा बिक रहेका छन् । त्यस्तै विद्यार्थी कमिटीका गोरख रोकाया, समीक्षा बिक, सुशिला बिक, सुस्मिता बिक, केशातार बिक र प्रेम थापा रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई मंगलवार बिहान ५ बजे प्रहरी प्रमुख उद्धब सिं भाटको नेतृवमा गएको टोलीले पक्राउ गरेको हो ।

पक्राउसँगै उनीहरुबाट प्रहरीले डेटोनेटर दुई वटा, हेन्डग्रिनेट दुई वटा त्यस्तै दुई पाकेट गन पाउडर बरामद गरेको छ । त्यस्तै लाखाँै रकम चन्दा संकलन गरेको चन्दा रसिद पनि फेला पारेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमा मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ७ को दफा १ सय ३८ अनुसार बिस्फोटक पदार्थ सम्बन्धी कसुर ऐन लगाईने प्रहरीले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);