संविधान संशोधनको माग सम्बोधन गर्न राजपाको माग | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

संविधान संशोधनको माग सम्बोधन गर्न राजपाको माग

काठमाडाैं, १६ बैशाख । राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधनको माग सम्बोधन गर्न सरकारलाई पुनः दवाव दिएको छ । संघीय संसदको बजेट अधिवेशनको पहिलो दिन सोमबार संसद बैठकमा राष्ट्रिय जनता पार्टी, नेपालका नेता अनिल झाले संविधान संशोधन गर्नुपर्ने आफ्नो पार्टीको लामो समयदेखिको माग सम्बोधन गर्न सरकारसँग माग गरे । उनले संविधान संशोधन नगरे सडक आन्दोलनमा जान बाध्य हुने चेनतावनी समेत दिएका छन् ।

नेता झाले बारा–पर्साका आँधि हुरी प्रभावित जनताको आवास निर्माणको जिम्मेवारी नेपाली सेनालाई नभई प्रदेश र स्थानीय सरकारलाई दिन पनि संघीय सरकारसंग आग्रह गरेका छन् ।