खुलामञ्चमा ठेकेदारकै दबदबा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

खुलामञ्चमा ठेकेदारकै दबदबा

khullamancha-satar

काठमाडौं, १६ बैशाख । टुँडिखेल खुलामञ्चमा आइतबार मध्याह्न जस्तामा संरचना जथाभावी फुटपाथमा थिए । पसलमा राखिने प्लाइवुड, काठका र्याक तथा गर्रा पनि छरपस्ट थिए । यस्तै अस्तव्यस्त वारवरणमा तीन वटा विभिन्न यातायात संघका टिकट काउन्टर देखिन्थे । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

यात्रु र यातायातका कर्मचारीबाहेक साना व्यापारी पनि देखिन्थे । सबैतिर महानगरपालिकाले शनिबार डोजर लगाई संरचना भत्काएकै चर्चा थियो । व्यापारी तथा सर्वसाधारण यसैबारे छलफल गरिरहेका थिए तर पीडित व्यापारी भने कतै देखिएनन् ।

‘मलाई पनि १२ लाख रुपैयाँ सलामी र १२ हजार मासिक भाडा तिर्ने गरी सटर लिन ती मान्छेले भनेका थिए, ’ वषपार्क क्षेत्रमा घडी तथा इलेक्ट्रोनिक्स सामान बेच्दै आएका एक व्यवसायीले भने,‘तर मैले सकिनँ । तिरेको भए डुब्ने रहेछ ।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);