बार्सिलोनालाई २६ औँ ला लिगाको उपाधी | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८१, बिहीबार

बार्सिलोनालाई २६ औँ ला लिगाको उपाधी

barcelona wins la liga

एजेन्सी , १५ बैशाख । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना फेरि एकपटक स्पेनिस च्याम्पियन बनेको छ ।  स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लेभान्टेलाई हराउँदै बार्सिलोनाले लिगका तीन खेल अघि नै उपाधि पक्का गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई १–० ले हराएको हो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा बार्सिलोनाका लागि दोस्रो हाफमा कप्तान लियोनल मेस्सीले विजयी गोल गरेका हुन् ।

मेस्सीले ६२ औँ मिनेटमा गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक बन्यो र तीन खेलअघि नै लिगको उपाधि क्लबको पोल्टामा पार्नका लागि पर्याप्त भयो । मेस्सीले मैदान छिरेको १७ औँ मिनेटमा गोल गरेका हुन् ।

बार्सिलोनाले २६ औँ पटक ला लिगाको उपाधि जितेको हो । सबैभन्दा बढिपटक उपाधि जितेको रियल मड्रिड भन्दा सात उपाधि बार्सिलोनाको कम छ अर्थात रियल मड्रिडले ३३ पटक ला लिगाको उपाधि जितेको छ ।

च्याम्पियन्स लिगको सेमिफाइनलमा बार्सिलोनाले पहिलो लेगमा लिभरपुलसँग बुधबार खेल्ने छ । यस्तै बार्सिलोना कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । उसले मे २५ मा फाइनलमा भ्यालेन्सियासँग खेल्नेछ ।

बार्सिलोनाको ३५ खेलबाट ८३ अंक भएको छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ७४ तथा तेस्रो स्थानको रियल मड्रिडको ६५ अंक छ ।

ला लिगा अन्तर्गत शनिबार राति नै भएका अरु खेलमा एथ्लेटिको मड्रिडले रियल भालाडोलिडलाई १–० ले हरायो भने एथ्लेटिको बिल्बाओ र एलाभेसले १–१ तथा लेगानेस र सेल्टा डी भिगोले गोलरहित बराबरी खेलेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);