कपिलवस्तु, १८ भदौ । चाडपर्व नजिकिएसँगै कपिलवस्तुमा मादलको कारोबारमा बृद्धि भएको छ ।
कपिलवस्तुका गन्र्धव र बादी समुदायले मादल बनाइ विक्रिवितरण गर्दै आएका छन् । चाडवाडको बेलाबाहेक भने मादलको कारोबारमा कमी आउने उनीहरुको भनाइ छ । मादल बनाएर बेचेकै भरमा गुजारा चलाउँदै आएका कपिलवस्तु बरकलपुरका फुर्सबहादुर बादीले अन्य समयमा भन्दा चाडपर्वको समयमा बढी मादल विक्रि हुने बताए ।
मादल बनाउन आवश्यक पर्ने कच्चा पदार्थ सहज रुपमा नपाउँदा समस्या भएको उनीहरुको गुनासो छ ।