सहरकाे फाेहाेर सिधै नदीमा फालिन्छ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सहरकाे फाेहाेर सिधै नदीमा फालिन्छ

fohor

बुटवल, ११ बैशाख ।  देश ५ का मुख्यमन्त्री शंकर पोखरेल फागुन २ गते बुटवलको सडक सरसफाइमा जुटे, नालीमै पसेर फोहोर टिपे । उनीसँगै सरकारी उच्च अधिकारी तथा बुटवल नगरपालिकाका मेयर–उपमेयरसहितको टोलीले बिहानभरि संकलन गरेको फोहोर तिनाउ नदीको किनारमा लगेर फालियो ।

प्रदेश स्थापनाको अवसर पारेर सरकारले फागुन २ गतेदेखि सफा र स्वस्थ प्रदेश अभियानको सुरु गरेको छ । तर प्रदेश मुकाममै फोहोर व्यवस्थापनको उचित प्रबन्ध हुन नसक्दा अभियानले सफलता हासिल गर्नेमा आशंका छ । नदीकिनारमा फोहोर फालिँदा तिनाउ, डन्डा, दानव, रोहिणी नदीमा प्रदूषण बढेको छ । बुटवल उपमहानगरपालिकाले दैनिक रूपमा जम्मा हुने ५४ टन फोहोर सुकुमबासी बस्तीनजिकैको तिनाउ नदीकिनारमा फ्याँक्ने गरेको छ ।

उपमहानगरले नदी प्रणालीलाई असर नगर्नेगरी ‘कन्ट्रोल्ड डम्पिङ’ गरेको दाबी गरे पनि हात्तीसुँडमा भने नदी बहाव क्षेत्रमै कुहिने–नकुहिने सबै प्रकृतिको फोहोर फालिन्छ । फोहोरले फैलिने दुर्गन्ध, झिँगा र लामखुट्टेका कारण सुकुमबासी बस्तीमा बसिनसक्नु हुन्छ । वर्षामा कुलो–नहरमार्फत प्लास्टिक तथा सिसाजन्य फोहोर किसानका खेतमा पुग्छ । त्यसले उत्पादन प्रणालीलाई नै असर गरिरहेको स्थानीय अगुवा किसान बताउँछन् । याे समाचार नागरिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);