काठमाडौं, १० बैशाख । त्रिभुवन आर्मी क्लब आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको पहिलो सेमिफाइनलमा प्रदेश ५ लाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । नेपालगंज स्थित महेन्द्र रंगशालामा निर्धारित ९० मिनेटको समय २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जसमा आर्मीले सफलता हात पारेको हो । पेनाल्टीमा आर्मीका नवयुग श्रेष्ठ, विवेक बस्नेत र सन्तोष तामाङले गोल गरे भने प्रदेश ५ का कृष्ण रानाभाटले १ गोल गरे ।




