तेलको मूल्य समायोजन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

तेलको मूल्य समायोजन

aayal nigam

काठमाडौं, ९ बैशाख । पेट्रोलियम पदार्थको कारोबारमा एकाधिकारप्राप्त आयल निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा नेपालका उपभोक्ता मूल्य बढाउने र घट्दा घटाउने ‘वाचा’ गरेको थियो। यो वाचाअनुरूप निगमले केही समय ‘मूल्य समायोजन’ पनि गर्‍यो। तर, त्यो काम दिगो र निरन्तर देखिएको छैन। चुनावका बेला सरकारले मूल्य वृद्धि गर्ने अलोकप्रिय निर्णय गर्न सकेन।

यसको असर निगमको सञ्चित नोक्सानी चुलिँदै मात्र गएन, स्वचालित मूल्य प्रणालीलाई पूरै उपेक्षा पनि गर्‍यो। यसरी गरिएको वाचा उल्लंघन गर्ने वा नमान्ने प्रवृत्तिले परम्पराकै रूप धारण गर्‍यो। यतिखेर पाँच अर्ब रुपैयाँको नाफारूपी थैली हातमा लिएपछि मात्र ‘मूल्य समायोजन गर्ने’ भनेर निगमले उपभोक्ताप्रति बेइमानी गर्न थालेको छ।

निगम त्यही हो, घाटामा जाँदा उपभोक्ताबाट असुल्छ। नाफामा जाँदा मूल्य घटाउँदैन, बरु बोनस ऐन देखाउँदै बोनस (लाभांश) आफ्ना कर्मचारीबीच बाँड्छ। निगमको बोनस प्रकरण निकै विवादित हुँदै आएको छ। यसले आम सर्वसाधारणप्रति सरकारी निकायको पूर्ण उपेक्षा छर्लंग हुन्छ। आफ्नो कार्यकालमा मूल्य समायोजन हुँदा जनता बेखुसी र आफू अलोकप्रिय भइने सोच राखेका राजनीतिक नेतृत्व (मन्त्री, प्रधानमन्त्री) का कारण निगम एक वर्षबाहेक २०५८ देखि २०७० सम्म निरन्तर रूपमा घाटामा गएर धराशायी बनेको थियो।

टाट पल्टेको निगम त्यतिबेला ३८ अर्बको ऋणमा डुबेको थियो। तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले २०७१ असोजदेखि स्वचालित मूल्य प्रणाली (अटो प्राइस) कार्यान्वयनमा ल्याएका थिए। यो प्रणालीका कारण लामो समयसम्म घाटामा पुगेको निगम मुनाफा गर्न थाल्यो। आफ्ना सबै ऋणबाट मुक्त भई वार्षिक रूपमा न्यूनतम नौदेखि १९ अर्ब रुपैयाँसम्मको नाफा उठाउन सफल भएको थियो।

निगमले गत १७ पुसदेखि माघ १६ सम्मको १५ दिनको अवधिमा मूल्य समायोजन नगरी एक अर्ब ३३ करोड रुपैयाँ नाफा उठाएको थियो। नियमित कार्यतालिकाअनुसार मूल्य समायोजन भएको भए उपभोक्ताले इन्धनको मूल्यको ठूलो महँगीको भार व्यहोर्नुपर्ने थिएन। फेरि निगमले विभिन्न बहानामा दुई महिनायता नियमित कार्यतालिकाअनुसार मूल्य समायोजन बन्द गरेको छ।

 दुई महिनायता निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न इच्छा देखाएको छैन। उपभोक्ताको हितभन्दा नाफाका निम्ति आफ्नै नीतिविरुद्ध आयल निगम उभिएको छ। निगमले माघ १९ पछि मूल्य समायोजन गरेको छैन। इन्धनको मूल्य समायोजन नगर्दा निगम दुई महिनायता ‘आकर्षक’ नाफामा छ। अहिलेको मूल्यअनुसार निगमको मासिक नाफा ६० करोड पुगेको छ।  यो समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);