चिनियाँ नवीन रेशममार्गमा नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चिनियाँ नवीन रेशममार्गमा नेपाल

nabin resham marg

काठमाडौं, ९ बैशाख । ‘रोम वाज नट बिल्ड इन अ डे’ यो भनाइ चीनका बारेमा पनि लागू हुन्छ । चीनले अघि सारेको नवीन रेशममार्ग जसलाई ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) नाम दिइएको छ। पछिल्लो ६ वर्षमा चीनको अभिन्न अंगको रूपमा विकसित हुँदै विश्वका लागि उदाहरणीय परियोजना बनिसकेको छ बीआरआई। यसमा अहिलेसम्म विश्वका १२५ देश र २९ वटा अन्तर्राष्ट्रिय संगठन आबद्ध छन्।

यसैको विस्तार, सहकार्य तथा साझा हितका विषयमा बहस गर्न बेइजिङमा अप्रिल २६ र २७ मा ‘बेल्ट एन्ड रोड सहकार्य ः एक उज्ज्वल साझा भविष्य’ को नारासँगै दोस्रो बीआरआई अन्तर्राष्ट्रिय शिखर सम्मेलन आयोजना हुँदै छ। सम्मेलनमा ४० देशका सरकार तथा राष्ट्रप्रमुख सहभागी हुनेछन् भने सय मुलुकको सहभागिता रहनेछ।  यो समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा लेखेको छ ।

सम्मेलनमा नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम छ। राजतन्त्र अन्त्यपछि नेपाली राष्ट्रपतिको यो पहिलो औपचारिक चीन भ्रमण हो। यो भ्रमणले नेपाललाई कूटनीतिक तहमा उच्च स्थानमा पुर्‍याउन सहयोग गर्नेछ। यो भ्रमणले हिमाल छिचोलेर आउने चिनियाँ रेलमाथिको नेपाली आशा र चिनियाँ समृद्धिको प्रभावको छायाँ मात्र पार्ने छैन, आजसम्म हुन नसकेको चिनियाँ राष्ट्राध्यक्षको भ्रमणको ढोका पनि खुलाउने आशा गर्न सकिन्छ।

स्रोतका अनुसार द्विपक्षीय भेटमा तीन वर्षअघि भएको नेपाल–चीन यातायात तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुनेछ। उक्त प्रोटोकलमा नेपालले चीनका चार सामुद्रिक बन्दरगाह थ्येनचिन, लियानयुनकाङ, चानचयाटङ र सन्चन तथा सिगाचे, ल्हासा र लान्चौका गरी तीनवटा सुक्खा बन्दरगाह प्रयोग गर्न पाउने उल्लेख छ। प्रोटोकलमा हस्ताक्षरपछि नेपालको उत्तरतर्फ पनि समुद्रसम्मको पहुँच स्थापना हुनेछ।

द्विपक्षीय वार्तामा उत्तरी नाकामा उच्च गुणस्तरीय यातायात सञ्जाल निर्माण तथा विस्तारका साथै तेस्रो मुलुकबीचको बजार र पारवहन सहयोगका लागि आवश्यक अग्रसरता लिनु जरुरी छ। साथै दक्षिण एसियाको द्वारका रूपमा स्थापित केरुङ हुँदै आउने अर्बौं लगानी लाग्ने रेलमार्ग सम्बन्धमा पनि अनुदानका लागि पहल गर्नु आवश्यक छ। त्यसैगरी काठमाडौं बेइजिङबीच सीधा हवाईमार्गका साथै चीनसँग उडान रुट र संख्याको बढोत्तरी अर्को आवश्यकता हो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);