राष्ट्रपतिलाई विशेष महत्व दिँदै चीन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

राष्ट्रपतिलाई विशेष महत्व दिँदै चीन

bidhya devi bhandari

काठमाडौं, ४ चैत । चीनले महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई विशेष महत्व र सम्मान दिने भएको छ । चीनले नेपालका राष्ट्रपतिलाई बेइजिङमा पहिलोपल्ट रातो कार्पेट बिछ्याउन लागेको हो ।

अघिल्ला राष्ट्रपति डा. रामवरण यादवले दुई पटक चीन भ्रमण गरे पनि बेइजिङमा आमन्त्रण भएको थिएन । चीनले दक्षिण एसियाको ढोकाका रुपमा नेपाललाई प्रस्तुत गर्दै राष्ट्रपछिलाई उच्च प्राथमिकता राखेर भ्रमणलाई द्विपक्षी बनाउने भएको छ ।

त्यस क्रममा प्रधानमन्त्री केपी ओलीको भ्रमणमा भएका सहमति कार्यान्वयनमा लैजाने छुट्टै समझदारी समेत हुनेछ । यो समाचार अन्नपूर्ण दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);