प्रधानमन्त्री ओलीद्वारा नवलपुर सदरमुकामको शिलान्यास | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

प्रधानमन्त्री ओलीद्वारा नवलपुर सदरमुकामको शिलान्यास

नवलपुर, ७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नवलपुर जिल्लाको सदरमुकाम शिलान्यास गरेका छन् । आज कावासोतीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संविधानमा यस क्षेत्रलाई जिल्ला कायम गर्न आफूले धेरै मेहनत गर्नु परेको बताए ।

यस क्षेत्रलाई जिल्लाको रुपमा स्थापित गराउन र यसलाई प्रदेश नं ४ मा राखेर भारतसँग सिमाना जोडाउन मैले धेरैजना नेताहरुलाई सम्झाउनु प-यो  प्रधानमन्त्री ओलीले भने ‘अब यो नयाँ जिल्लाले आफूलाई देशकै नमुना जिल्लाको रुपमा पहिचान बनाउनु पर्दछ ।’

प्रधानमन्त्री ओलीले आगामी तीनबर्ष भित्र हरेक घरमा बिजुली पु-याइने बताए । केही बर्ष भित्र दाउन्नेका पहाडमा सुरुंग मार्ग बनाउँछौं  प्रधानमन्त्री ओलीले भने ‘धौबादीमा रहेको फलाम खानीको उत्खनन् सुरु गर्छौं र हजारौंलाई रोजगारी पनि दिन्छौं ।’

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);