मेलम्ची आयोजनाको ठेक्का ‘मोडालिटी’ अझै तय भएन | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८१, सोमबार

मेलम्ची आयोजनाको ठेक्का ‘मोडालिटी’ अझै तय भएन

melamchi

काठमाडौं, ५ बैशाख । मेलम्ची खानेपानी आयोजना निर्माण कार्य बन्द भएको चार महिना पुग्यो तर यसको निर्माण कहिलेदेखि सुचारु हुने हो भन्ने अझै यकिन भएको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

मेलम्ची खानेपानी विकास समितिले बाँकी कामका लागि नयाँ ‘मोडालिटी’ का बारेमा अझै टुङ्गो अझैसम्म लगाउन नसकेपछि राष्ट्रिय गौरवको यो आयोजना चार महिनादेखि अलपत्र अबस्थामा छ ।

मेलम्चीको ढिलाइबारे खानेपानी मन्त्रालयका उच्च अधिकारी नै पनि बेखबर छन् ।

मन्त्रालयका प्रवक्ता शङ्करप्रसाद सुवेदीले मेलम्ची आयोजना सम्पन्न गर्ने सवालमा के भइरहेको छ आफूलाई थाहा नभएको बताए । उनले भने ‘‘केही थाहा भएन, बाँकी कामको अध्ययन हुँदैछ भन्ने जानकारी थियो तर बाँकी प्रक्रियाका बारेमा के भइरहेको छ केही थाहा भएन ।’’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);