जेठ ९ गतेबाट नवौं अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता सुदूरपश्चिममा हुने | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

जेठ ९ गतेबाट नवौं अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता सुदूरपश्चिममा हुने

काठमाडाैं, २ बैशाख । नवौं अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता सुदूरपश्चिम प्रदेशको धनघढीमा आयोजना हुने भएको छ । राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपालले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी जेठ ९ गतेबाट सुदूरपश्चिम प्रदेशको धनघढी रंगशालामा सो प्रतियोगिता आयोजना हुने जानकारी गराएको हो ।

सुदूरपश्चिम प्रदेशको पहिचानलाई फराकिलो पार्दै त्यहाँको समृद्धिमा समेत योगदान पु-याउने उद्देश्यका साथ सो प्रतियोगिता आयोजना गर्न लागिएको पनि संघका महासचिव प्रकाश चन्दले जानकारी दिए ।

प्रतियोगितामा काता, कुमुते र टिम कुमिते गरी तीन वटा विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा च्याम्पियन टिमलाई ७५ हजार नगद पुरस्कारसहित सम्मान गरिने पनि महासचिव चन्दले बताए । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, भुटान र श्रीलंकाका गरी करिव १ हजार बढि महिला तथा पुरुष खेलाडीहरु सहभागी हुनेछन् ।

राष्ट्रवादी विकासशील अभियान, नेपाल मुख्य प्रायोजक रहेको सो प्रतियोगिता विगत १६ वर्षयता नियमित रुपमा आयोजना हुँदै आएको छ । प्रतियोगितामा सबै प्रदेश, स्कुल, कलेज, डोजो तथा तीन वटै विभागीय टिमका खेलाडीहरुले सहभागिता जनाउन पाउने व्यवस्था गरिएको पनि संघले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);